Wed, Mar 11, 2026
माघ १६ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेको हो । निरन्तर ६ दिनदेखि सुन र चाँदीको मूल्य रेकर्ड बनाउँदै बढेकाे थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको सो मूल्यनै हालसम्मको उच्च हो । बिहीबारको बजारमा सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेर कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा ४४० रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको सो मूल्यनै हालसम्मको उच्च हो ।
यस दिन चाँदीको मूल्य तोलामा ४४० रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको सो मूल्यनै हालसम्मको उच्च हो ।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।