सुन र चाँदीको मूल्यमा भारि गिरावट

Jan 30, 2026 11:02 AM Merolagani



माघ १६ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेको हो । निरन्तर ६ दिनदेखि सुन र चाँदीको मूल्य रेकर्ड बनाउँदै बढेकाे थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको सो मूल्यनै हालसम्मको उच्च हो । बिहीबारको बजारमा सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ४४० रुपैयाँ घटेको  छ । आजको बजारमा चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीको सो मूल्यनै हालसम्मको उच्च हो ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।