स्वास्थ्य बीमामा देखिएको समस्याकाे 'गाँठो फुकाउन' प्रधानमन्त्रीको सक्रियता, सरोकारवालालाई बोलाइन छलफलमा

Feb 04, 2026 12:58 PM merolagani



प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमामा देखिएको समस्या समाधानका सरोकारवाला निकायलाई छलफलमा बोलाएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, यससम्वन्धी आज अपराह्न बैठक आह्वान गरिएको छ ।

केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बीमाबापतको रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बीमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् ।

कार्की नेतृत्वको सरकारले पनि २५ हजार रुपैयाँसम्मको मात्र बीमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । जसको चौतर्फी आलोचना भइरहेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।