रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

Feb 08, 2026 11:22 AM merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनसँग संयुक्त राज्य अमेरिकाले अत्यन्तै राम्रो वार्ता गरिरहेको बताएका छन् । लगभग चार वर्ष पुग्न लागेको यस द्वन्द्वको समाधानका लागि उनले केही हुनसक्ने अपेक्षा व्यक्त गरे ।

अमेरिकाको रुस र युक्रेनसँग निकै राम्रो कुराकानी भइरहेको बताउँदै उनले केही हुनसक्ने बताए । राष्ट्रपतिले यस बारेमा थप विस्तृत विवरण भने दिएनन् । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबीच भएको दोस्रो चरणको वार्ता बिहीवार अबु धाबीमा सम्पन्न भएको छ ।

दुवै पक्ष ठूलो संख्यामा बन्दीहरू साटासाट गर्न सहमत भएपनि क्षेत्रीय व्यवस्था जस्ता मुख्य विषयहरूमा भने कुनै ठोस सहमति जुट्न सकेन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीवार अर्को शान्ति वार्ता निकट भविष्यमा, सम्भवतः संयुक्त राज्य अमेरिकामा आयोजना गरिने बताए ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।