स्रोत नखुलेको ६ लाख बढी नगद सहित एक जना पक्राउ

Feb 09, 2026 12:59 PM Merolagani



टीकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख २३ हजार रूपैयाँ सहित भारत लखिमपुर बस्ने ३० वर्षीय योगेश कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३१ बिएफ ७१६१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।