अपि पावर कम्पनीले व्यवस्थापन सुदृढीकरणका लागि गर्यो यस्तो निर्णय

Feb 11, 2026 11:29 AM merolagani



अपि पावर कम्पनी लिमिटेडले आफ्नो व्यवस्थापन पक्षलाई थप मजबुत र सुदृढ बनाउने उद्देश्यले विभिन्न आन्तरिक कमिटीहरूको पुनर्संरचना गरेको छ। कम्पनीको मंगलबार (२०८२ माघ २७ गते) बसेको सञ्चालक समितिको बैठकले 'अडिट कमिटी' र 'मानव संशोधन कमिटी'को नयाँ कार्यसमिति चयन गरेको हो।

कम्पनी सचिव सुजन अधिकारीका अनुसार, सञ्चालक समिति बैठकले दुई महत्त्वपूर्ण कमिटीहरूमा नयाँ नियुक्ति गर्यो।

अडिट कमिटी:
पुनर्संरचना गरिएको अडिट कमिटीको संयोजकमा मधुसूदन कोइरालालाई चयन गरिएको छ। कमिटीको सदस्यमा मिलन खड्का र सदस्य सचिवमा यजु सुवाल रहेका छन्।

मानव संशोधन कमिटी:
त्यसै गरी, कम्पनीको मानव संशोधन कमिटीको संयोजकको जिम्मेवारी मिलन खड्कालाई दिइएको छ। यस कमिटीको सदस्यमा  मधुसूदन कोइराला र सदस्य सचिवमा  सुजन अधिकारी रहेका छन्।

कम्पनीले यस पुनर्संरचनाको बारेमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई औपचारिक पत्रमार्फत जानकारी गराएको छ। साथै, यसको बोधार्थ नेपाल धितोपत्र बोर्ड, विद्युत् नियमन आयोग, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई समेत दिइएको छ।

व्यवस्थापनमा गरिएको यो हेरफेरले कम्पनीको संस्थागत सुशासन र कार्यसम्पादनमा थप प्रभावकारिता ल्याउने विश्वास कम्पनीले लिएको छ।