महिलाहरुमा ठूलाे स्तनलाई सानो बनाएर ‘फिट एण्ड फाइन’ देखिने विश्वव्यापी होड, सर्जरी गर्न मात्र वार्षिक करोडौं डलर खर्च गर्दै

Feb 11, 2026 02:10 PM mero lagani



कतिपयलाई हेर्दा र सुन्दा अनौठो लाग्न सक्छ । तर, सुन्दर देखिनको लागि महिलाले स्तन सानो बनाउन गर्ने सर्जरी (अपरेशन) को गर्ने क्रम हवात्तै बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । 

सोसाइटी ऑफ एस्थेटिक प्लास्टिक सर्जरीकाअनुसार सन् २०२५ मा विश्वभर ६ लाख ५२ हजार ६७६ महिलाले छातीको आकार घटाएका छन् अर्थात् स्तन सानो बनाएका छन् । त्यसमध्ये ब्राजिलमा १ लाख १५ हजार ६४७, अमेरिकामा ६७,४७८, फ्रान्समा ३८७८०, जर्मनीमा ३२०६८, टर्कीमा २५,३३४ र भारतमा २२,४०० महिलाले आफ्नो स्तन सानो बनाउनको लागि अप्रेसन गरे । पछिल्लो समय अल्प विकसित देशहरुमा पनि यो क्रम बढ्दो रहेकोले स्तन सानो बनाउने अप्रेसन गर्नेहरुको संख्या निरन्तर बढिरहेको उक्त संस्थाको भनाइ छ ।

महिलाहरुको स्तन सानो बनाउने ‘सर्जरी कम्पनी’हरुले सेवा सुविधाअनुसार अलग अलग मूल्य लिने र देशअनुसार सेवा सुविधा पनि फरक हुने भएकोले कस्ले कति खर्च भनेर यकिन तथ्यांक निकाल्न गाह्रो छ । तर, ग्लोबल मार्केट इन्साइटका अनुसार सन् २०२५ मा महिलाहरुको स्तन कम्तिमा २.६६ विलियन डलर (झण्डै ३८ करोड रुपैयाँ) खर्च गरेका छन् । र केही वर्ष भित्रै त्यो रकम दोब्बर हुन सक्ने उक्त संस्थाले उल्लेख गरेको छ ।

विचार गर्नु पर्ने कुरा के हो भने उक्त रकम ‘सर्जरी सेवा प्रदायक कम्पनी’हरुले लिने रकम मात्र हो । सर्जरीको क्रममा महिलाहरुले उपयोग गर्नु पर्ने औषधिलगायतका सामानहरुको अतिरिक्त मूल्य तिर्नु पर्छ । सर्जरीको क्रममा महिलाहरुका प्रत्येक स्तनको तौल ५०० देखि ८०० ग्रामसम्म कम हुने विविसीले उल्लेख गरेको छ ।

खेल क्षेत्रमा लाग्ने, कला क्षेत्रमा कृयाशिल रहेका र कामकाजी महिलाहरुले ‘ग्ल्यामरस’ देखिनको लागि सर्जरी गराएर ठूला स्तनहरुलाई सानो बनाउने गरेका थिए । पछिल्लो समय सामाजिक संजालको बढ्दो लोकप्रियतासँगै रिल्सहरु बनाउने क्रमले गृहणीहरुमा पनि स्तन सानो बनाएर शरिर ‘मेण्टेन’ गर्ने होड चलिरहेकोले यो व्यवसाय विश्वव्यापीरुपमा बढिरहेको ब्रिटिश एसोसिएशन ऑफ एस्थेटिक प्लास्टिक सर्जन्सकी अध्यक्ष डॉक्टर नोरा न्यूजेंट बताउँछिन् । ‘ठूलो स्तन महिलाहरुको लागि बोझ नै हो, त्यस्ले कामकाजी महिलाहरुमा अनेक समस्या सृजना गर्छ । त्यसैले पनि धेरै महिलाहरु सर्जरी गरेर आफ्नो स्तन सानो बनाउने प्रयास गर्छन् । तर, मूल्य र स्तन सानो बनाएपछि आइ पर्न सक्ने सम्भावित साइट इफेक्टहरुका कारण धेरै महिलाहरु डराइरहेका हुन्छन्,’ उनी भन्छिन् ।

उनकाअनुसार गुणस्तरिय सेवा प्रदायकहरुबाट सेवा लिंदा खासै साइड इफेक्ट गर्दैन । तर, कतिपय कम्पनीहरुले गुणस्तरलाई भन्दा पैसालाई महत्व दिने हुँदा स्तरिय सामाग्रीहरुको प्रयोग नगर्दा कतिपय महिलाहरुले सर्जरी गराएपछि समस्या भोग्ने गरेका छन् ।