'चुनाव नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरियो'

Feb 11, 2026 02:23 PM Merolagani



नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा बजारमा काला बजारीहरु सक्रिय भएको आरोप लगाएका छन् ।

बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उनले दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गराएर सर्वसाधारणलाई सास्ती दिन थालिएको बताए । चुनावी समयमा आपूर्ति प्रणाली अस्थिर पार्ने र अनावश्यक नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृतिम अभाव देखाएको उनको आरोप छ ।

उनले भने, ‘चुनाव नजिँकिदै जाँदा कालाबजारीहरुले दैनिक उपभोग्य बस्तुको कृतिम अभाव देखाई मुल्यवृद्धि गराएर जनतालाई दुःख दिने कार्य शुरु भएको छ । बजार अनुगमन गरि दोषिलाई कारबाही गर्न सरकारलाई आग्रह गर्दछु ।’

उनले बजार अनुगमन गरेर दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।