नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी तोला ५ हजार २९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
