बिवाइडी एट्टो-२ एसयूभीको मूल्य बढ्यो, कति पर्छ सिलायन ७ गाडीकोे मूल्य ?

Feb 17, 2026 11:53 AM merolagani



बिवाइडी एट्टो २ इलेक्ट्रिक एसयूभीको मूल्य बढेको छ । 

बिवाइडीका लागि नेपालको आधिकारीक बिक्रेता साइमेक्स इंकले सार्वजनिक गरेको मूल्य विवरणअनुसार, बिवाइडी एट्टो २ को मूल्य एक लाख १ हजार रुपैयाँ बढाएको छ ।

त्यस्तै, बिवाइडीको सिलायन ७ एसयूभीको मूल्य ३ लाख १ हजार रुपैयाँ बढाएको छ । बढेको मूल्य अब भित्रिने नयाँ गाडीका लागि लागू हुने कम्पनीले जनाएको छ । मूल्य बढ्न्अघि बिवाइडी एट्टो २ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ र बिवाइडी सिलायन ७ गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ थियो ।

कम्पनीका अनुसार, बढाएको मूल्यसहित अब बिवाइडी एट्टो २ को मूल्य ४५ लाख र सिलायन ७ को मूल्य ७८ लाख रुपैयाँ कायम भएको छ ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।