ट्रम्पले ग्रीनल्यान्डमा पठाए ‘विशाल अस्पताल जहाज’

Feb 22, 2026 05:04 PM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अर्धस्वायत्त क्षेत्र ग्रीनल्यान्डमा एउटा अस्पताल जहाज पठाउन लागिएको बताएका छन् । उक्त टापुका धेरै बिरामी मानिसको उपचार सोही जहाजमार्फत गरिने जानकारी शनिबार उनले दिए ।

“हामी ग्रीनल्यान्डमा त्यहाँका धेरै बिरामी र हेरचाह नपाएका मानिसको सेवा गर्नका निम्ति एउटा विशाल अस्पताल जहाज पठाउँदै छौँ,” उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “यो बाटोमा छ ।”

ट्रम्पले यसबाट कसलाई संकेत गरेका वा कति मानिसलाई मद्दत गरिने भन्ने बारेमा थप खुलाएका छैनन् ।




सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।