सुन र चाँदी दुवैको मूल्य बढ्यो

Mar 01, 2026 10:53 AM Merolagani



फागुन १७ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २४५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतीतोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ। आजको बजारमा चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ९८५ रुपैयाँले कारोबार भइरहेको छ । गत शुक्रबारको बजार चाँदी तोलाको ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

 




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।