नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षा कोषका लागि लगानीको आह्वान

Mar 12, 2026 11:34 AM merolagani



नेपाल राष्ट्र बैंकले आफ्नो कर्मचारी सुरक्षा कोषमा रहेको १ अर्ब १० करोड रुपैयाँ लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव आह्वान गरेको छ। यो रकम १९ मार्च २०२६ देखि १९ मार्च २०२७ सम्म (३६६ दिन) को लागि मुद्दती निक्षेपको रूपमा राखिनेछ।

लगानीका लागि वाणिज्य बैंकहरूमा ८८ करोड, राष्ट्रिय स्तरका विकास बैंकहरूमा १६ करोड ५० लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ५ करोड ५० लाख छुट्टाइएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चैत १ गते बेलुका ७ बजेभित्र पासवर्ड प्रोटेक्टेड पीडीएफ फारम fmdbid@nrb.org.np मा पठाउनुपर्नेछ। पासवर्ड भने चैत २ गते बिहान १० बजेदेखि १२ बजेभित्र सोही इमेलमा जानकारी गराउनुपर्नेछ।

प्रस्ताव पेस गर्ने संस्थाहरू कम्तीमा दुई वर्षदेखि सञ्चालनमा आएको, न्यूनतम कुल पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा र खुद निष्क्रिय कर्जा अनुपात क्रमशः ८ प्रतिशत र ३ प्रतिशत ननाघेको हुनुपर्नेछ। साथै, शीघ्र सुधारात्मक कारबाहीमा परेका वा समस्याग्रस्त घोषणा भएका संस्थाहरूको हकमा फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।