मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ, जनमतलाई सम्मानका साथ स्वीकार्छुःओली

Mar 12, 2026 11:31 AM merolagani



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको निर्वाचनमा आफुले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले जनताको मतलाई भने पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन् ।

‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु,’ उनले भनेका छन् ।

उनले कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर पार्टीका पक्षमा उभिने मतदाता र नेता कार्यकर्तालाई धन्यबाद दिए ।

‘हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ उनले भने ।

 

उनले निर्वाचन आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिवद्धता र सेवाभावमा कत्ति पनि कमजोर नहुने बताए । ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,’ उनले भने ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।