रेनुलाई पराजित गरेकी सोविताको निर्वाचन खर्च ८ लाख ९३ हजार रुपैयाँ

Mar 12, 2026 02:27 PM Merolagani



सोविता गौतमले प्रतिनिधि सभा निर्वाचनका क्रममा गरेको खर्च विवरण सार्वजनिक भएको छ।

निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उनले निर्वाचन अभियानका लागि कुल ८ लाख ९३ हजार ५४ रुपैयाँ खर्च गरेकी छन्।

चितवन जिल्ला क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी गौतमले प्रचार–प्रसार, सवारी साधन, खाना तथा पानी लगायत विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको विवरण पेश गरेकी हुन्। नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाललाई उनले पराजित गरेकी थिइन् ।

खर्च विवरणअनुसार प्रचार–प्रसार सामग्रीमा सबैभन्दा बढी २ लाख ९६ हजार ८०० रुपैयाँ खर्च भएको देखिन्छ। त्यसैगरी सवारी साधन प्रयोगमा २ लाख ४७ हजार रुपैयाँ र खाना तथा खाजामा ६८ हजार ५०० रुपैयाँ खर्च गरिएको उल्लेख छ।

यसैगरी प्रचारपत्र छपाइमा २५ हजार रुपैयाँ, कार्यकर्ता तालिममा २० हजार रुपैयाँ, मञ्च तथा पाल व्यवस्थापनमा २२ हजार ४५४ रुपैयाँ, खानेपानीमा १ लाख ९८ हजार ५०० रुपैयाँ र कार्यालय सञ्चालन खर्चमा ९ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।