धितोपत्र बोर्ड कर्मचारी युनियनले फेरि सुरु गर्ने भए आन्दोलन, धर्ना र पेन डाउन कार्यक्रमलाई निरन्तरता

Mar 12, 2026 05:11 PM merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारी युनियनले आफ्ना मागहरू पूरा नभएको भन्दै फेरि आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ। युनियनले आज एक विज्ञप्ति जारी गर्दै बोर्ड व्यवस्थापनले मागहरूप्रति बेवास्ता गरेको भन्दै पुनः आन्दोलन जारी राख्ने जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, "बोर्ड र व्यवस्थापनबाट हालसम्म कुनै जानकारी प्राप्त नभएको र पछिल्लो समय प्रतिनिधि सभाको चुनावका कारण आचारसंहिताका कारण हरेक दिन १ घण्टा धर्ना तथा पेन डाउन कार्यक्रम स्थगन भई आएकोमा मिति २०८२/११/२८ गते देखि पुन सशक्तरुपमा हरेक दिन बिहान १० बजे देखि ११ बजे सम्म १ घण्टा धर्ना तथा पेन डाउन कार्यक्रम निरन्तर गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको मिति २०८२।११।२७ कार्यसमितिको निर्णय भएको ब्यहोरा जानकारी गर्दछौ।"

यसको मतलब युनियनले शुक्रवार देखि हरेक दिन बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना र पेन डाउन कार्यक्रमलाई निरन्तरता दिनेछ। पेन डाउन कार्यक्रममा कर्मचारीहरू कार्यालयमा उपस्थित भए पनि कामकाज ठप्प पार्ने गर्छन्।

कर्मचारी युनियनले बोर्ड व्यवस्थापनलाई तत्काल वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।