सुन र चाँदी दुवैको मूल्य घट्यो

Mar 13, 2026 10:48 AM Merolagani



फागुन २९ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला दुई हजार ८०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ४९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।