स्थानीयको अवरोधपछि फेरि उठ्न छाड्यो उपत्यकाको फोहोर

Mar 13, 2026 12:02 PM merolagani



काठमाडौं उपत्यकाभित्रको फोहोर फेरि उठ्न छाडेको छ ।

फोहाेर फाल्ने बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले विगतमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै फोहोर विसर्जन गर्न रोकेपछि उपत्यकाका विभिन्न ठाउँको फोहोर उठ्न सकेको छैन् ।

काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएकाले फोहाेर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको छ ।

यसअघि तत्कालीन सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहोर विसर्जनको अवरोध हटेको थियो । सो सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडान स्थानीयले लिएका छन् ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।