मध्यपूर्वी देशमा देखिएको संकटले आर्थिक वृद्धिमा असर गर्नेछः भट्ट

Mar 13, 2026 02:40 PM Merolagani



नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गुणाकर भट्टले मध्यपूर्वी देशहरुमा देखिएको संकटले मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष रुपमै असर गर्ने बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रवार राजधानीमा गरेको कार्यक्रममा द्वन्द्वका कारण कच्चा तेलको मूल्यवृद्धि भइरहेको र त्यसले नेपाली अर्थतन्त्रमा समेत प्रत्यक्ष असर गर्ने बताएका हुन्। उनकाअनुसार धेरै लामो समयसम्म द्वन्द्व रह्यो भने नेपालसहित विश्वभर नै जोखिम बढाउने देखिन्छ । अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएअनुसार युद्धका कारण एक ब्यारलको १० प्रतिशतले मूल्यवृद्धि हुन्छ भने ०.४ प्रतिशत क्वाइन्टले मुद्रास्फ्रीति बढ्छ । त्यसरी हेर्दा ०.१५ प्रतिशत क्वाइन्टले आर्थिक वृद्धि घट्छ भनेर अन्तर्राष्ट्रिय मुद्रा कोषले भनेको छ । उनकाअनुसार द्वन्द्व लामो समय रही रहे २५ प्रतिशतले तेलको मूल्य बढ्ने खतरा छ ।

अहिले युद्धका कारण भारत, नेपाल लगायतका देशमा ग्यास होल्ड गर्ने प्रवृत्ति देखिएको छ । यसले विस्तारै अभाव बढ्न सक्ने उनले बताए । युद्धका कारण खाद्यन्नदेखि ग्यासहरु जोहो गर्न मानिसहरु लाग्दा ती वस्तुहरुको कृत्रिम अभाव खडा गर्न व्यवसायीहरु समेत लाग्नसक्ने भट्टले बताए। उनकाअनुसार मुद्रास्फ्रीतिको असर सबैभन्दा बढी तल्लो वर्गका मान्छेमा पर्छ । मूल्यवृद्धि हुँदा बित्तीकै गरिबीदेखि आय असमानता समेत बढ्ने खतरा रहेको उनले बताए। विश्वमा भइरहेका युद्धका कारण नेपालको आर्थिक वृद्धिदरमा समेत असर परिरहेको पूर्वकार्यकारी निर्देशक भट्टले बताए ।

पूर्व कार्यकारी निर्देशक भट्टले भने–‘आर्थिक वृद्धि प्रभावित हुने जोखिम देखिरहेको छ । पुनर्निर्माणका कामहरु थाल्ने भनिरहेका छौं । लामो समयसम्म बजारमा पेट्रोलियम पदार्थको मूल्य कम भइरहेको अवस्था थियो भने अब त्यो अवस्था हुँदैन । अब पुनर्निर्माणका कामहरु अघि बढाउन कठिन हुन्छ । कच्चापदार्थहरु सहजै आपूर्ति गर्न त्यति सजिलो छैन । त्यसले निर्माणका कामहरु प्रभावित हुन सक्छन् । सामान्य आर्थिक गतिविधि प्रभावित भएपछि मुलुकको आर्थिक वृद्धि समेत प्रभावित हुन जान्छ । भोलिका दिनमा यातायात, होलसेल, खुद्राका गतिविधिहरु प्रभावित हुन थाल्नेछन् । जसले हाम्रो अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिइरहेका छन् । युद्धबाट पर्यटन क्षेत्र पनि प्रभावित हुने देखिन्छ । आयात निर्यात पनि प्रभावित हुनसक्छ । नेपालमा आउने मल मध्ये मध्य पूर्वबाट मात्रै आधा हिस्सा मल आउने गरेको छ । मलको आयात प्रभावित हुने बित्तिकै कृषि उपजमा असर गर्नेछ । कृषि, पर्यटनदेखि दैनिक आर्थिक गतिविधि प्रभावित हुँदा बित्तिकै अर्थतन्त्रमा ठूलो संकट आउन सक्छ ।’

भट्टले द्वन्द्वका कारण मुलुकमा आउने रेमिट्यान्समा समेत गिरावट आउन सक्ने खतरा रहेको बताए । उनकाअनुसार मध्यपूर्वि देशमा मात्रै ४० प्रतिशत नेपाली कामदारहरु कार्यरत छन् । उनीहरु प्रभावित हुँदा बित्तिकै रेमिट्यान्स कम हुने र आगामी दिनमा विदेशी सञ्चितिमा समेत गिरावट आउने खतरा रहेको उनले बताए ।

विदेशी सञ्चिति कमजोर हुँदा आगामी दिनमा दातृ निकायहरुले समेत सहायताका लागि नपत्याउने स्थीति बन्न सक्ने भट्टले बताए । युद्धका कारण वैदेशिक रोजगारी प्रभावित हुँदा नेपालमा रहने श्रमिकहरुको व्यवस्थापन ठूलो चुनौतीपूर्ण बन्ने सक्ने उनको भनाइ रहेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।