वैशाखदेखि मार्जिन सुविधा उपलब्ध गराउने ब्रोकर एशोसिएसनको निर्णय

Apr 01, 2026 02:13 PM Merolagani



शेयर ब्रोकर हरूले लगानीकर्तालाई आगामी २०८३ वैशाख २ गतेदेखि मार्जिन कारोबार (Margin Trading) सुविधा उपलब्ध गराउने भएका छन्। ब्रोकरहरूको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो।

नेपाल धितोपत्र बोर्ड  र नेपाल स्टक एक्सचेञ्जले जारी गरेको निर्देशिका तथा कार्यप्रक्रिया अनुसार दलाल व्यवसायीहरूले आफ्नै कार्यप्रक्रिया बनाउनुपर्ने व्यवस्था छ। सोही अनुसार तयार पारिएको कार्यप्रक्रियालाई २०८२ चैत १७ गते सुन्धारामा बसेको एशोसिएसनको कार्यसमितिको बैठकले अनुमोदन गरेको छ।

एशोसिएसनका अनुसार मार्जिन कारोबारसँग सम्बन्धित सबै कानुनी प्रक्रिया पूरा भइसकेका छन्। केही प्राविधिक विषयहरू मिलाउन बाँकी रहेकाले नयाँ वर्ष २०८३ वैशाख २ गतेदेखि यो सुविधा सुरु गर्न लागिएको हो। मार्जिन कारोबारका लागि योग्य सबै ब्रोकरहरूबाट लगानीकर्ताले यो सुविधा पाउने एशोसिएसनले जनाएको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।