पेट्रोल र डिजेलको मूल्य १५ रुपैयाँले बढ्यो

Apr 03, 2026 12:41 AM Merolagani



नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । 

हरेक १५ दिनमा भारतबाट आएको मूल्य सुची अनुसार मूल्य बढाउँदै आएको आयल निगमले पेट्रोल र डिजेल तथा मट्टितेलमा १५/१५ रुपैयाँ बढाउने निर्णय गरेको हो। अब पेट्रोलको मूल्य २०२ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको १८२ रुपैयाँ प्रति लिटर कायम भएको छ।

 एलपी ग्याँसको मूल्य वृद्धि गरिएको छैन। नयाँ मूल्य कायम गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ३४, डिजेलमा प्रति लिटर १२० र एलपी ग्याँसमा प्रति सिलिन्डर ४१६ रुपैयाँ भन्दा बढी घाटा रहेको छ। मूल्य समायोजन पश्चात पनि निगमलाई पाक्षिक ११ अर्ब ७१ करोड घाटा हुने प्रक्षेपण छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।