कियाले धेरै खण्डहरु र पावरट्रेन विकल्पहरुमा धेरै नयाँ मोडेलहरुको योजना बनाएको हो ।
दक्षिण कोरियाली अटोमेकर कम्पनीले भारतीय बजारमा आगामी सन् २०२६–२०२७ सम्ममा नयाँ चारवटा फरक फरक मोडेलका एसयूभी लन्च गर्ने तयारी गरेको छ ।

सो अवधिमा लन्च हुनेहरुमा साइरोस इभी, सोरेन्टो थ्री–रोप्रिमिय एसयूभी, सेल्टोस स्ट्रङ हाइब्रीड र नयाँ पुस्ताका लागि सोनेटसहितका चार उत्पादनहरु हुन् । अटो कम्पनीका अनुसार, किया साइरोस इभी स्न २०२६ जुलाइमा आधिकारीक रुपमा बजारमा लन्च हुनेछ ।
त्यस्तै, बलियो हाइब्रीड पावरट्रेनहरु भएको सोरेन्टो र सेल्टोस भने सन् २०२७ भित्र आधिकारीक रुपमा बजारमा लन्च हुने कम्पनीको दाबी छ । त्यस्तै, नयाँ किया सोनेट भने सन् २०२७ अप्रिलसम्म आधिकारीक रुपमा लन्च गर्ने कम्पनीको तयारी छ ।
कति पर्छ मूल्य ?
सवैभन्दा पहिले लन्च हुने तयारीमा रहेको किया साइरोस इभी आगामी जुलाइसम्ममा भारीतय बजारमा लन्च हुनेछ । यो एसयूभीको मूल्य १५ लाख देखि २० लाख भारतीय रुपैयाँसम्ममा कम्पनीका आधिकारीक शोरुमबाट उपलव्ध गराइने अनुमान छ ।
त्यस्तै, सन् २०२७ भित्र लन्च हुने तयारीमा रहेको सोरेन्टोको भारतीय बजारमा ३५ लाख भारतीय रुपैयाँमा कम्पनीको आधिकारीक शोरुमबाट उलव्ध गराइने अनुमान छ । यो ७ सिटे एसयूभी भएको र धेरै डिजाइनहरु परिवर्तीत भइ आएको छ ।
त्यस्तै, कियाको सेल्टोसको हाइब्रीड र नयाँ किया सोनेट एसयूभीको अन्य आधिकारीक विवरण र सुरुवाती मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन् ।