अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने नयाँ रणनीति अघि सारेका जनाइएको छ । बढ्दो तनावबीच ट्रम्प प्रशासनले इरानमाथि अझ कडा प्रतिबन्ध लगाउने तयारी गरेको बताइएको छ । यसअन्तर्गत इरानको तेल कारोबारसँग जोडिएका देश र बैंकहरूमाथि पनि कारबाही हुन सक्ने बताइएको छ ।
यसै क्रममा अमेरिकी वित्त मन्त्रालयले चीनका केही बैंकहरूलाई पहिले नै चेतावनी दिइसकेको जनाएको छ । ती बैंकहरूमार्फत इरानसँग सम्बन्धित वित्तीय कारोबार भएको पाइएमा उनीहरूविरुद्ध कारबाही हुन सक्ने बताइएको छ ।
अमेरिकाका अनुसार, हालैका इरानी गतिविधि र खाडी क्षेत्रका छिमेकी देशसँग बढ्दो तनावका कारण धेरै देश सतर्क बनेका छन् । साथै, वित्तीय कारोबारमा कडा निगरानी राखिरहेका छन् ।