आज संसदीय समितिको नेतृत्व चयन हुँदै

Apr 17, 2026 11:00 AM Merolagani



आज संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाका १० वटा विषयगत समितिहरुको नेतृत्व चयन हुँदैछ । साथै संघीय संसदिअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त समितिको पनि नेतृत्व चयन हुँदैछ ।

१० वटा विषयगत समितिमध्ये ९ वटामा निर्विरोध नेतृत्व चयन भइसकेको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. ओजश्वी शेरचनले सभापतिमा उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट गुरु बरालले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य ९ वटा विषयगत समितिमा कानून न्याय तथा मानव अधिकार समितिमा रास्वपाबाट समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, सार्वजनिक लेखामा नेपाली काँग्रेसबाट भरत खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृहष्णहरि बुढाथोकी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै संयुक्त समितिमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रास्वपाबाट गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीबाट मदनकुमारी साहको उम्मेदवारी परेको छ । त्यस्तै अर्को संयुक्त समिति संसदीय सुनुवाईमा रास्वपाबाट वोधनारायण श्रेष्ठको उम्मेदवारी परेको छ । आज दिउँसो १ बजे विषयगत समितिको बैठक समेत बोलाइएको छ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।