एकै दिन ३ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

Apr 17, 2026 11:13 AM merolagani



आज शुक्रबार एकै दिन सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजाे बिहीबार ३ लाख २ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ९९ हजार ८०० रुपैयाँमा झरेको हो ।

बिहीबारको तुलनामा एकैदिन सुनको मूल्य ३ हजार रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि शुक्रबार घटेको छ ।

बिहीबार बजारमा चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने घटेर चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको हो ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।