मुक्तिनाथ विकास बैंककाे प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर

Apr 17, 2026 03:20 PM merolagani



मुक्तिनाथ विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा तारा मानन्धरलाई नियुक्त गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उनलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

 मानन्धर अनुभवी बैंकर हुन्। उनले आफ्नो बैंकिङ यात्रा नेपाल बंगलादेश बैंकबाट सुरु गरेका थिए। त्यसपछि एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक तथा प्राइम कमर्शियल बैंकलगायतका वित्तीय संस्थामा काम गरेको अनुभव उनीसँग छ।

कम्पनी सचिव डण्डपानी ढकालका अनुसार मानन्धरलाई चार वर्षका लागि सीइओ नियुक्त गरिएको हो। हाल बैंकको सीइओका रूपमा कार्यरत प्रद्युमन पोखरेलको कार्यकाल यही वैशाख मसान्तमा सकिँदैछ। मानन्धरले आगामी जेठ १ गतेदेखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। मानन्धर  अहिले डिस हाेममा  प्रमुख कार्यकारी अधिकृत छन् ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।