विष्णुमती नदी किनारमा चार थान पेस्तोल र ५८ राउन्ड गोली फेला

Apr 19, 2026 02:41 PM Merolagani



विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल र ५८ राउन्ड गोली फेला पारेको छ । काठमाडौं महानगरपालिका–१५, शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा पेस्तोल र गोली फेला परेको हो ।

पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ । बरामद पेस्तोल टाइप–५४ रहेको छ । सोही पेस्तोलको म्यागजिन ७ थान भेटिएको हो ।

महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पेस्तोल रहेको सूचनापछि प्रहरी वृत्त स्वयम्भुको टोलीले पेस्तोल र गोली संकलन गरेको हो । उक्त हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ ।

पेस्तोल प्रहरीकै भए पनि जेनजी प्रदर्शनकै क्रममा नफालिएको र केही दिन अघि मात्रै फालिएको जस्तो देखिएको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।