कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट

Apr 20, 2026 11:28 AM Merolagani



बैशाख ७ गते, सोमबार, कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत चैत २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए। जसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको थियो भने बाँकी आवेदन रद्द भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ६८ हजार ४७५ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।