४ मिटरभन्दा कम लम्बाइको यो एसयूभीको सुरुवाती लाइनअप मूल्य ८ लाख ३९ हजार भारतीय रुपैयाँ(भारु)मा उपलव्ध गराइएको कम्पनीले जनाएको छ ।
किया साइरोसमा थोरै सुधारिएको स्टाइल, थप सुविधाहरु र संशोधित भेरियन्ट लाइनअपहरु समावेश रहेका छन् । यो अब चारवटा नयाँ ट्रिमहरुमा प्रस्ताव गरिएको छ । जसमा एचटीई, टीएचई(O), एचटीके प्लस(O) र एचटीएक्स(O) रहेका छन् । नयाँ लन्च भएको साइरोस एसयूभी नयाँ रंगहरुको विकल्पमा उपलव्ध रहेको छ । जसमा म्याग्मा रेड, आइभोरी सिल्भर ग्लस र आइभोरी सिल्भर म्याट रहेका छन् ।
यान्त्रिक रुपमा नयाँ किया साइरोस अपरिवर्तीत छ । सबकम्प्याक्ट एसयूभी १२० बीएचपी, १.० लिटर तीन सिलिन्डर टर्बो पेट्रोल र ११६ बिएचपी, १.५ लिटरका चार सिलिन्डर डिजेल इन्जिनको साथ प्रस्ताव गरिएको छ । ट्रान्समिसन विकल्पहरुमा ६ स्पीड म्यानुअल, ७ स्पीड डीसीटी र ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक समावेश छन् ।

यो एसयूभीमा स्पोर्टियर बम्परहरु, एलइडी हाई माउन्टेड स्टप ल्याम्प, नियोन रंगीन ब्रेक क्यालिपरहरुसहितको नयाँ १७ इन्च क्रिस्टल कट मिश्र धातुहरु, चमकदार कालो छानासहित विभिन्न विशेषताहरु उपलव्ध छन् ।