कोमिन्ताङ नेशनलिष्ट पार्टी (केएमटी) ककसले अप्रिल १७ मा प्रधानमन्त्री चो जुङ– ताईलाई भारतीय कामदारलाई रोजगारी दिने निर्णय फिर्ता नगरे देश नै ठप्प पारिदिने र सरकार ढालिदिने चेतावनी दिएको छ ।
इवानका श्रममन्त्री हुङ सुन–हानले केही दिन अघि ताइवानको कृषि क्षेत्रर घरेलु हेरचाहका क्षेत्रमा काम गर्न १००० भारतीय कामदारलाई नियुक्त गर्न दुई देशबीच सहमति भएको सार्वजनिक गरेका थिए । साथै उनले कामदार छनौट प्रकृया शुरु भएको पनि जानकारी दिएका थिए ।
त्यसलगत्तै कोमिन्ताङ नेशनलिष्ट पार्टी (केएमटी) लगायतका विपक्षमा रहेका राजनीतिक पार्टीहरुले त्यसप्रति कडा आपत्ती जनाइरहेका छन् । केही अभियानकर्मीहरुले भारतीय कामदार लिने सरकारी निर्णयलाई रद्ध गराउन सामाजिक संजाल मार्फत हस्ताक्षर अभियान चलाइरहेका छन्, जसमा सोमबारसम्म ५० हजारभन्दा धेरैले हस्ताक्षर गरिसकेको बताइएको छ ।
ताईपेइ टाइम्सकाअनुसार भारतीय कामदारलाई रोजगारी दिने सरकारी निर्णयको विरोध गर्नेहरुले भारतीय पुरुषहरु यौन दुराचारी हुने गरेकोले उनीहरुको आगमनले ताइवानका महिलाहरु असुरक्षित हुने दावि गरेका छन् । त्यसको लागि उनीहरुले भारतमा हुने गरेका बलत्कार र यौन हिंसाका घटनाहरुको फेहरिस्तसहित ‘उनीहरु आएर ताइवानी महिलामाथि दुरुचार गरे भने त्यसको जिम्मेवारी कस्ले लिन्छ ?’ भन्दै प्रश्न गरेका छन् ।
सम्झौताको पक्षधरहरुले अपराधीहरु जुनसुकै देशका पनि हुनसक्ने भन्दै भारतीय नागरिकहरुमाथि आरोप लगाउनु जातिय विभेद हुने दावी गरिरहेका छन् । तर, सम्झौताका विरोधीहरुले उनीहरुका कुनै पनि कुरा सुन्न तयार देखिएका छैनन् । उनीहरु सम्झौता नभएर सरकार नै ढालिदिने गरि आन्दोलन चर्काउने तयारी गरिरहेका छन् ।