४९ प्रतिशत बढ्यो राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा, कुन बैंकले कति नाफा कमायो?

Apr 28, 2026 12:31 PM Merolagani



चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण अनुसार नेपालका राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा आकर्षक सुधार देखिएको छ।

 

आज सार्वजनिक भएको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, सञ्चालनमा रहेका आठ राष्ट्रियस्तरका विकास बैंकहरुले कुल ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष चैत मसान्तसम्म यी बैंकहरूले ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए।

रकमका आधारमा गरिमा विकास बैंक अग्रस्थानमा

रकमका आधारमा गरिमा विकास बैंक अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थानमा रहन सफल भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा गरिमाले १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ नाफा कमाउँदै अर्ब क्लबमा पुग्ने एक मात्र राष्ट्रियस्तरको विकास बैंक बनेको छ। त्यस्तै, मुक्तिनाथ विकास बैंक ९४ करोड २६ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ।

लुम्बिनी विकास बैंकको ‘छलाङ’

वित्तीय विवरण अनुसार लुम्बिनी विकास बैंकको नाफा वृद्धिदर सबैभन्दा बढी देखिएको छ। बैंकको नाफा गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा १०२८.२६ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ४ करोड ९७ लाख रुपैयाँ मात्र नाफा गरेको यस बैंकले यसपालि ५६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

तथ्यांक अनुसार ज्योति विकास बैंकको नाफा पनि दोब्बर (१०५.३० प्रतिशत) बढेको छ भने शाइन रेसुङ्गाले ५३.३८ प्रतिशतको सबल वृद्धि कायम गरेको छ। महालक्ष्मी विकास बैंकको नाफामा भने ५.३६५ को सामान्य वृद्धि देखिएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।