नेपाल लाइफ इन्स्योरेन्सको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

May 04, 2026 12:33 PM Merolagani



नेपाल लाईफ इन्स्योरेन्स (NLIC) ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

‘लाइफ इज प्रिसियस लेट अपलिफ्ट इट टुगेदर’ भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ ।

स्वास्थ्य शिविर वैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ । यस्तै, रक्तदान कार्यक्रम बैशाख २१ गते बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा आयोजना गरिने बताइएको छ । यसका साथै देश भरका सातै प्रदेशमा बैशाख २१ गते रक्तदान कार्यक्रम आयोजन पनि हुँदैछ ।

कम्पनीले यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ । कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई अनुरोध गरेको छ ।




त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीको सामूहिक राजीनामा

Apr 30, 2026 02:17 PM

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।