भन्सार महशुल र ‘डोजर आतंक’ विरुद्ध माईतीघरमा प्रदर्शन

May 04, 2026 05:59 PM Merolagani



राष्ट्रिय एकता दलले सरकारले भन्सारमा लागू गरेको नयाँ महशुल नीति र स्थानीय तहहरूले चलाएको ‘डोजर आतंक’ विरुद्ध काठमाडौँको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । 

प्रदर्शनकारीहरूले सर्वसाधारणले सीमावर्ती क्षेत्रबाट घरायसी प्रयोजनका लागि ल्याउने सामानमा समेत एक सय रुपैयाँ भन्सार कर लिने सरकारको निर्णय जनविरोधी भएको दाबी गरेका छन् ।

उक्त व्यवस्थाले न्युन आय भएका नागरिकलाई थप आर्थिक भार परेको भन्दै उनीहरूले अविलम्ब सो निर्णय फिर्ता लिन माग गरेका छन् । त्यसैगरी, पछिल्लो समय विभिन्न स्थानीय तहहरूले कानूनी प्रक्रिया र उचित विकल्पबिना नै डोजर प्रयोग गरेर संरचनाहरू भत्काउने कार्य गरिरहेको भन्दै दलले त्यसलाई ‘डोजर आतंक’ को संज्ञा दिएको छ । विकासका नाममा नागरिकको उठीबास लगाउने र त्रसित बनाउने कार्य बन्द गर्नुपर्ने माग प्रदर्शनमा सहभागीहरूको थियो ।

माईतीघरमा भेला भएका दलका नेता तथा कार्यकर्ताहरूले हातमा प्लेकार्ड बोकेर सरकार र सम्बन्धित निकायविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले नागरिकको सम्पत्तिको अधिकार सुरक्षा गर्न र साना व्यवसायी तथा सर्वसाधारणलाई मर्कामा पार्ने गरी लगाइएका करहरू खारेज गर्न जोड दिएका छन् । दलले आफ्नो माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएको छ ।




एनआईसी एशियालाई हकप्रद शेयर जारी गर्न राष्ट्र बैंकको पूर्व–स्वीकृति

May 04, 2026 10:47 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्राप्त गरेको छ। बैंकले हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो।