नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला चार हजार ८ सय ४० रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत सोमबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँमा खरिदबिक्री भएको थियो।
