मन्त्रालयको निर्णयअनुसार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाश मणि शर्मा, कोषाध्यक्ष श्रीधर सापकोटासहित सदस्यहरू हरिनाथ ढकाल, शिक्षित पराजुली, बाबु शरण सुवेदी, डा. भरतप्रसाद बडाल, रामेश्वर संगत, रेनुका पराजुली र राजु कुमार खत्रीको जागिर गएको छ। यस्तै, नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अमृतमान श्रेष्ठ र सञ्चालक समिति सदस्य रामप्रसाद खतिवडा पनि पदमुक्त भएका छन्। सांस्कृतिक संस्थानका अध्यक्ष चन्द्रकुमार राई र सदस्य पुजा श्रेष्ठलाई पनि जिम्मेवारीबाट हटाइएको छ।
लुम्बिनी विकास कोषमा ठूलो संख्यामा पदाधिकारीहरूको पद रिक्त भएको छ। कोषका उपाध्यक्ष ल्हारक्याल लामा, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई, सदस्य सचिव ई. दीपक श्रेष्ठसहित सदस्यहरू श्याम बहादुर मिजार, गोपी कृष्ण शर्मा, विश्वराज पौडेल, राम नरेश कोहार, श्रीराम यादव, राजेश शाक्य, प्रकाश भट्टराई र धनराज कँडेल पदमुक्त भएका छन्।
पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने निकाय नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपक जोशीसहित बोर्ड सदस्यहरू नरेन्द्रकुमार देव, कुमारमणी थपलिया, ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई पनि हटाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सदस्यहरू रविन्द्र सिलवाल र श्री भिम प्रसाद पन्तको पनि कार्यकाल सकिएको छ। त्यसैगरी, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहु पूर्वे लगायतका पदाधिकारीहरूलाई पनि ऐनको व्यवस्था बमोजिम एकमुष्ट पत्राचार गरी पदमुक्त गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।