याम्बालिङ हाइड्रोपावरको आईपीओमा १५.५४ गुणा बढी माग

May 05, 2026 05:49 PM Merolagani



याम्बालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयरमा झुम्मिएका छन्। पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा मागभन्दा १५ गुणा बढी आवेदन परेको छ।  मुक्तिनाथ क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको यस कम्पनीको आईपीओमा २९ लाख ८९ हजार ८ सय ६९ जना आवेदकले आवेदन दिएका छन्।

यी आवेदकहरूबाट कुल ३ करो२६ लाख ५२ हजार २ सय ८० कित्ता शेयरका लागि आवेदन परेको छ, जुन कुल ३ अर्ब २६ करोड ५२ लाख २८ हजार रुपैयाँ बराबरको रकम हो।  कम्पनीले सर्वसाधारणका लागि कुल २१ लाख कित्ता शेयर निष्कासन गरेको थियो। यस आधारमा हेर्दा कम्पनीको आईपीओमा माग गरिएको भन्दा १५.५४ गुणा बढी कित्ताका लागि आवेदन परेको देखिन्छ। बैशाख १६ गते  खुला भएको यो आईपीओ आज बैशाख २२ गते कार्यालय समय पछि बन्द भयाे। मागभन्दा निकै बढी आवेदन परेकाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बाँडफाँट हुने निश्चित छ।

#




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।