शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्- ‘मलाई पनि एम्बेसेडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न ??’
उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आफू असार २४ गते अनिवार्य अवकाशमा जाने भएकाले त्यसअघि राजदुत बन्ने चाहना राख्दै प्रधानमन्त्री बालेन्द्र साहलाई एसएमएस गरेका थिए ।त्यसमा उनले प्रधानमन्त्री शाहलाई ‘आफू अवकाशमा जान लागेको र राजदूत पदमा नियुक्ति गरिदिए आभारी हुने’ उल्लेख गरेका थिए । त्यसैलाई लक्षित गर्दै प्रधानमन्त्री साहले ‘मलाई पनि राजदुत बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न’ भन्दै व्यंग्य गरे ।
