सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले सम्पूर्ण निक्षेप सदस्य (डीपी) हरूलाई पत्राचार
गर्दै आगामी २०८३ असार १ गतेदेखि लागू हुने गरी यो व्यवस्था अनिवार्य गरिएको जानकारी दिएको हो। सिडिएससीको गत जेठ १३ गतेको निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागिएको हो। यसअघि सिडिएससीले २०८२ फागुन १९ गते पत्राचार गर्दै ब्याक अफिस (Backoffice) प्रणाली प्रयोग गर्ने निक्षेप सदस्यहरूलाई हितग्राहीको विवरणमा राष्ट्रिय परिचय नम्बर समावेश हुने गरी प्रणाली विकास गर्न आग्रह गरेको थियो। सोही तयारीका आधारमा अब यस व्यवस्थालाई पूर्ण रूपमा अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउन लागिएको पत्रमा उल्लेख छ।
सिडिएससीका वरिष्ठ आइटी अधिकृत किशोर प्रसाद भट्टद्वारा जारी गरिएको सूचनामा नयाँ खाता खोल्दा वा पुराना खाताहरूको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य समावेश गराउन सबै निक्षेप सदस्यहरूलाई निर्देशन दिइएको छ। यस निर्णयबारे नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई समेत बोधार्थ जानकारी गराइएको छ।
यो नयाँ व्यवस्था लागू भएसँगै अब शेयर कारोबारका लागि डिम्याट खाता सञ्चालन गर्ने लगानीकर्ताहरूले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा डिम्याट खातासँग आबद्ध गर्नुपर्नेछ।