संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल शुरु

Jun 08, 2026 10:23 AM Merolagani



सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठक सोमवार बिहान सिंहदरबारमा शुरु भएको छ ।

संसदमा कायम गतिरोध अन्त्य गर्ने र समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउने उद्देश्यले उक्त बैठक बोलाइएको हो । जारी बैठकमा विभिन्न राजनीतिक दलका शिर्ष तथा पदाधिकारी तहका नेताहरूको उपस्थिति रहेको छ ।

बैठकमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एमाले) मुख्य सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन लगायतका नेताहरू सहभागी छन् । बैठकमा मुख्यगरी संसदको अवरोध हटाउने विकल्पहरू र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफल भइरहेको बताइएको छ । सदन सुचारु गर्न दलहरूबीच सहमति जुटाउने प्रयासस्वरूप रास्वपाले यो पहल गरेको हो ।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।