ग्रेट वाल मोटर्स (जीडब्लूएम) को नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्सले सोमबारदेखि उक्त एसयूभीको बिक्री सुरु गरेको हो। ओरा ५ सार्वजनिक गर्दै यसलाई आधुनिक प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट सुरक्षा सुविधायुक्त इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
ओरा ५ मा अत्याधुनिक ब्याट्री प्रविधि, स्मार्ट ड्राइभिङ असिस्टेन्स सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा विभिन्न सुरक्षा फिचर समावेश गरिएको छ। कम्पनीका अनुसार, रेट्रो फ्युचरिस्टिक डिजाइनमा तयार भएको यो एसयूभीमा ४,४७१ एमएम लम्बाइ र २०० एमएमको अग्लो ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले नेपाली सडकमा सहज यात्रा सुनिश्चित गर्छ।
यो एसयूभीमा १०० किलोवाटको मोटर, २६० एनएम टर्क र ५८.३ किलोवाट आवर (kWh) को ब्याट्री समावेश छ, जसले सिंगल चार्जमा ४३५ किलोमिटर सम्मको रेन्ज प्रदान गर्नेछ। त्यस्तै, १४.६ इन्चको ठूलो टचस्क्रिन र १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक ग्लास रूफ, वायरलेस चार्जर र कफी ओएस (Coffee OS) इन्फोटेनमेन्ट सिस्टम जस्ता सुविधाहरू यसमा रहेका छन्।
सुरक्षाका लागि यो एसयूभीमा ७ वटा एयरब्याग र ५४० डिग्री क्यामेरा समावेश छ भने अटो इमर्जेन्सी ब्रेकिङ र लेन किप असिस्टसहितको लाइडार (LiDAR) मा आधारित एडास (ADAS) प्रणाली समेत रहेको छ। त्यस्तै, भ्यान्टिलेटेड र वेलकम सिट, ९ वटा स्पिकर, स्पेयर टायर र लुकेको रियर वाइपर यसका थप विशेषता हुन्। कम्पनीका अनुसार यो एसयूभीको सुरुवाती मूल्य ४७ लाखदेखि अधिकतम ५४ लाख रुपैयाँसम्म तोकिएको छ।
समग्रमा ओरा ५ आधुनिक डिजाइन, उच्च प्रविधि र उत्कृष्ट सुरक्षा विशेषता भएको एक परिपक्व इलेक्ट्रिक कम्प्याक्ट एसयूभी हो।