विष्णु पौडेल पक्राउ परेपछि एमालेको आकस्मिक बैठक, राजनीतिक प्रतिवाद गर्ने तयारी

Jun 23, 2026 12:02 PM Merolagani



नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा संसदीय दल र सचिवालयको बैठक बोलाएको छ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा सोमबार सुर्खेतबाट पौडेल पक्राउ परेपछि एमालेले यसबारे आधिकारिक धारणा बनाउन छुट्टाछुट्टै बैठक आह्वान गरेको हो। उपाध्यक्ष पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने तयारी समेत गरेको छ।

एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक ऐन महरका अनुसार, समसामयिक विषय र पौडेल पक्राउ प्रकरणबारे छलफल गर्न एमाले संसदीय दलको बैठक आज (मंगलबार) दिउँसो २ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।

त्यसैगरी, पार्टीको रणनीति तय गर्न आजै साँझ ६ बजे एमालेले सचिवालय बैठक समेत बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास (गुण्डु) मा बस्ने उक्त बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र उपाध्यक्ष पौडेलको गिरफ्तारीका विषयमा गम्भीर समीक्षा हुने बताइएको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।