विष्णु पौडेललाई बिनासर्त रिहा गर्न एमालेको माग

Jun 23, 2026 06:40 PM Merolagani



नेकपा (एमाले) संसदीय दलको बैठकले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई बिनासर्त रिहा गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पौडेललाई गैरकानुनी, गैरन्ययिक, प्रतिशोधपूर्ण र अपमानपूर्ण ढंगबाट पक्राउ गरिएको एमालेको निष्कर्ष छ । पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको थियो ।

पौडेललाई पक्राउ गरी सार्वजनिक सवारीको माध्यमबाट रातारात काठमाडौं ल्याउने काम गरिएको भन्दै एमालेले सरकार विधिको शासनको बर्खिलापमा रहेको निष्कर्ष निकालेको छ ।