अघिल्लो कारोबार दिन अर्थात मंगलबार २६.१६ अंक घटेर २६७४.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.९१ अंक घटेर २६६८.५६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.४३ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ६५ स्टकको १०४ पटकको कारोबारमा ८६ लाख ६४ हजार ३३७ रुपैयाँ ९० पैसाबराबरको २७ हजार १२० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने ३९ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।