Wed, Jul 08, 2026
सभामुख डोलप्रसाद अर्यालले सांसद राजेन्द्रकुमार राईको ‘कान सुन्नुहुन्न’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउने निर्देशन दिएका छन्।
आज बुधबारको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसद राईले ‘सभामुखले कान सुन्नुहुन्छ कि हुन्न’ भनेर प्रश्न गरेका थिए। त्यसपछि संसदमा विवाद भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो ।
अहिले प्रतिनिधिसभाको बैठक सुचारू भएको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ।