सार्वजनिक खरिद अनुगमन निर्माण कार्यको नमूना बोलपत्र परिमार्जन

Jul 23, 2026 02:11 PM Merolagani



नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कार्य खरिदसम्बन्धी नमूना बोलपत्र कागजातमा महत्वपूर्ण संशोधन तथा परिमार्जन गरेको छ।

कार्यालयले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ मा भएको नयाँ व्यवस्था बमोजिम ती कागजातहरू परिमार्जन गरिएको जनाएको हो। मिति २०८३ साउन ६ गते (२०८३/०४/०६) को सचिवस्तरीय निर्णयबाट उक्त संशोधन स्वीकृत गरिएको हो।

विशेषगरी ठूला ठेक्कापट्टाहरूको पारदर्शिता र सहजताका लागि “निर्माण कार्यको खरिद, राष्ट्रिय स्तरको खुला प्रतिस्पर्धात्मक बोलपत्र, एकल चरणः दुई–खाम बोलपत्र प्रक्रिया (२० मिलियन अर्थात् दुई करोड रुपैयाँभन्दा बढी लागतको खरिद)“ सँग सम्बन्धित नमूना बोलपत्र कागजातलाई संशोधन गरिएको छ।

विशेषगरी दुई करोड रुपैयाँभन्दा बढीको निर्माण कार्यका लागि प्रयोग गरिने निम्न बोलपत्र कागजात परिमार्जन गरिएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा (३) को खण्ड (ग) बमोजिम सार्वजनिक निकायहरू, बोलपत्रदाता, बैंक तथा वित्तीय संस्थाहरू लगायतका सरोकारवालाहरूले बोलपत्र सम्बन्धी कागजात तयार तथा प्रयोग गर्न सजिलो होस् भन्ने उद्देश्यले यो परिमार्जन गरिएको हो।




सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।