ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, मन्त्रिपरिषद्को निर्णयअनुसार धितालको नियुक्ति सम्वन्धी विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पत्राचार प्राप्त भएको हो ।
‘विद्युत् नियमन आयोगको अध्यक्ष नियुक्त हुनुभएको छ,’ मन्त्रालयका सहप्रवक्ता शालिग्राम भण्डारीले मेरोलगानीसँग भने । उनका अनुसार, आयोगका पूर्वअध्यक्षसमेत रहेका धिताल नै नियुक्त भएका हुन् ।
यसअघि वर्तमान सरकारले ल्याएको राजनीति नियुक्तिसम्वन्धी अध्यादेशका कारण उनी बर्खास्त भएका थिए । यसअघि पनि उनी आयोगको नेतृत्वमा बसेर २ वर्ष काम गरिसकेका छन् ।