सुनचाँदीको मूल्य बढ्यो

Jul 26, 2026 11:03 AM Merolagani



साउन १० गते, आईतबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। यस दिन सुन प्रतितोला एक हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ६० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।