नेप्से र कारोबार रकम घट्ने क्रम जारी

Jul 30, 2026 03:08 PM Merolagani



बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १६.२९ अंक घटेर २६७२.५८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७७ अंक घटेका छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब २ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको ४४ हजार ६५१ पटकको कारोबारमा ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँबराबरको ७५ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

एभरेष्ट कलर कम्पनीको शेयर निरन्तर नवौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १४८ रुपैयाँ ५० पैसा बढेर १ हजार १३८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। कारोबारमा आएको कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १४.९९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे १२ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ३८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको करिब साढे १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे १० करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।