अब यहा बस्दिन घर फर्कन्छुः शेख हसिना

Aug 06, 2026 11:18 AM Merolagani



बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले घर फर्कने चाहाना राखेकी छन् । बुधबार नयाँ दिल्लीस्थित फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाद्वारा आयोजित कार्यक्रममा ‘भर्चुअल’ रूपमा सहभागी हुँदै उनले आफ्नो चाहाना राखेकी हुन् ।

आफ्नो सम्बोधनका क्रममा शेख हसिनाले स्वदेश फर्कने प्रतिबद्धता पुनः दोहोर्‍याइन् । उनले आफू यही वर्ष डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको बताइन् । समय आएपछि फिर्तीको निश्चित मिति र समय सार्वजनिक गर्ने उनले जानकारी दिइन् । उनले आफू जनतामाझ फर्कन चाहेको पनि उल्लेख गरिन् । सन् २०२४ जुलाईमा भएको विद्यार्थी आन्दोलनपछि उनी भारत बस्दै आएकी छन् ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।