शतप्रतिशत बढ्यो स्नो रिभर्सको विद्युत बिक्री आम्दानी, नाफा कति?

Aug 10, 2026 10:16 AM Merolagani



स्नो रिभर्स लिमिटेड (SNORL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा शतप्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३७ करोड ७५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २४१.५० प्रतिशत बढेर ११ करोड १८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा २७३.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १११.३९ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ५७.७७ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ५६ पैसा बढेर ११ रुपैयाँ ९३ पैसा पुगेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६५.३१ गुणा रहेको छ।

९३ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।