नेप्सेको टिएमएसमा बल्ल 'आफ्टर मार्केट अर्डर', के हो 'आफ्टर मार्केट अर्डर' ?

Aug 13, 2026 04:39 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबारदेखि आफ्नो अनलाइन कारोबार प्रणाली (टिएमएस) मा 'आफ्टर मार्केट अर्डर' (एएमओ) सुविधा सुरु गरेको छ। 

 उक्त सुबिधा निजी क्षेत्रको ब्रोकर कम्पनी नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) ले गत वैशाख १० गते नै आफ्ना लगानीकर्तालाई उपलब्ध गराइसकेको थियो। त्यही प्रविधि भित्र्याउन नेप्सेलाई थप ३ महिना १८ दिन (१०८ दिन) लागेको छ।

के हो 'आफ्टर मार्केट अर्डर' र कसरी गरिन्छ ढिलासुस्तीको क्षतिपूर्ति?
नेप्सेले ढिलै गरी ल्याएको यो सुविधाअनुसार अब लगानीकर्ताले नियमित कारोबार समय (११ देखि ३ बजे) बाहेक अन्य समयमा पनि शेयर किनबेचको अर्डर हाल्न सक्नेछन्। विशेष गरी कार्यालय समयमा व्यस्त हुने लगानीकर्ताका लागि यो उपयोगी त छ, तर यो सुविधा वर्षौँअघि नै आउनुपर्ने माग लगानीकर्ताको थियो।

एएमओ (AMO) सुविधाहरू यस्ता छन्:

  • मूल्य सीमा: लगानीकर्ताले अघिल्लो दिनको अन्तिम मूल्यको १५ प्रतिशतसम्म घटबढ गरेर 'लिमिट अर्डर' राख्न सक्नेछन्।

  • स्वचालित प्रक्रिया: बजार खुल्नुअघिको 'प्रि–ओपन सेसन' मा अघिल्लो दिनको अन्तिम मूल्यको ३ प्रतिशत सीमाभित्रका अर्डरहरू स्वतः एक्सचेन्जमा पठाइनेछ। त्योभन्दा बाहिरको मूल्य भएमा नियमित कारोबारको समयमा मूल्य म्याच भएपछि मात्र प्रणालीले काम गर्नेछ।

  • जाँच र बन्देज: अर्डर राख्दा खरिदकर्ताको कोल्याटरल र बिक्रीकर्ताको डिम्याटमा सेयर भए/नभएको प्रणालीले तुरुन्तै जाँच गर्नेछ। यसमा 'मार्केट अर्डर' (मूल्य नतोकी गरिने कारोबार) भने उपलब्ध हुने छैन।

  • मान्यता: यस्तो अर्डर केवल एक कारोबार दिन (डे भ्यालिडिटी) का लागि मात्र लागू हुनेछ। यदि दिनभरमा कारोबार भएन भने अर्डर स्वतः रद्द हुनेछ।

संशोधन र रद्दमा झन्झट
नेप्सेको प्रणालीअनुसार अर्डर एक्सचेन्जमा पठाउनुअघि 'पेन्डिङ' अवस्थामा मात्र संशोधन वा रद्द गर्न सकिन्छ। एकपटक नेप्सेको प्रणालीमा पुगिसकेपछि त्यसलाई टिएमएसको 'आफ्टर मार्केट' सेक्सनबाट केही गर्न मिल्दैन, त्यसका लागि पुनः 'अर्डर बुक' मै जानुपर्ने हुन्छ। यो झन्झटिलो प्रक्रियाले नेप्सेको युजर इन्टरफेस (UI) अझै पनि प्रयोगकर्तामैत्री नभएको पुष्टि गर्छ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।